माले महासचिव मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, विमानस्थलमा डा ज्ञवाली नेतृत्वको टिम « Khabarhub

माले महासचिव मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, विमानस्थलमा डा ज्ञवाली नेतृत्वको टिम


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ ल्याइएको हो ।

घाइते मैनालीलाई लिनका लागि डा सुरज ज्ञवालीको टीम विमानस्थल गएको थियाे ।

सेनाको ठूलो हेलिकोप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड हुन नसक्ने भएपछि घाइते मैनालीलाई त्रिभुवन विमानस्थलमा अवतरण गराई अस्पताल लगिन लागिएको अस्पताल स्रोतले खबरहबलाई जानकारी दियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : ०२ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।