दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो « Khabarhub

दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्राण्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

नेपाली सेनाको ठूलो हेलिकोप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड हुन नसक्ने भएपछि घाइते मैनाली सवार हेलिकोप्टरलाईलाई त्रिभुवन विमानस्थलमा अवतरण गराई अस्पताल लगिएको हो ।

विमानस्थलमा ग्राण्डी अस्पतालबाट डा सुरज ज्ञवालीको टीम पुगेको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : २९ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत