बीमा कम्पनीलाई ६ महिनाभित्र आन्तारिक अनलाइनको विकास गर्न निर्देशन « Khabarhub

बीमा कम्पनीलाई ६ महिनाभित्र आन्तारिक अनलाइनको विकास गर्न निर्देशन


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न निर्देशन दिएको छ । बुधबार समितिले एक निर्देशिका जारी गर्दै गदै आन्तरिक सूचना प्रविधि तयार पार्ने जानकारी दिएको हो ।

समितिले बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गर्ने निर्देशिका जारी गरेको जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयको मागसँगै सूचना प्रविधि मार्गदर्शनमार्फत थप व्यवस्थित गर्न खोजिएको बताए ।

सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको उनको भनाइ छ ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनुपर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ ।

निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्याण्डवाई साइट वा विपद पुनरुत्थान साइट कार्यान्वयन गर्नु पर्नेछ । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ८ : ४४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले