खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पा जेल चलान « Khabarhub

खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका शेर्पा जेल चलान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  खैरो हिरोइन तथा विभिन्न लागुऔषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पासहित चारै जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।

विहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । नवाङ पासाङ यती समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका छोरा हुन् ।

प्रहरीले  शेर्पा पक्राउ परेको विषयलाई करिब एक महिनासम्म गोप्य राखेको थियो । यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो ।

गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।

पक्राउ परेका शेर्पाबाहेक तीन बुधबार जिल्ला अदालतमा बयान भएको थियो भने शेर्पाको विहीबार (आज)  बयान लिइएको हो।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : ३६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर