यी ५ खराब आचरणबाट सर्नसक्छ कोरोना « Khabarhub

यी ५ खराब आचरणबाट सर्नसक्छ कोरोना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको त्रास विश्वभर फैलिएको छ । जसका कारण विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई महामारको घोषणा गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न हेल्थ एक्सपर्टहरु स्वच्छतामा विशेष ध्यान दिन सल्लाह दिन्छन् । दैनिक १५ पटकभन्दा बढि हात धुने वा बारम्बार स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

न्यूयोर्क यूनिर्भसिटीको लैंगोन मेडिकल सेन्टरकी एलर्जी तथा इन्फेक्शियस स्पेशलिस्ट पूर्वी पारिखले कोरोना संक्रमणको जोखिम कम गर्न केहि खराब आचरणमा सुधार ल्याउनु पर्ने बताएकी छन् । पूर्वी पारिखका अनुसार मानिसहरुमा रहने केहि खराब आचरणले कोरोना भाइरसको जोखिम निम्त्याउँछ । जसका कारण ति आचरण तत्काल छाड्नुपर्ने हुन्छ ।

१. नङ चपाउने बानी छ भने तत्काल त्यस आचरणलाई त्याग्नु पर्छ । अन्यथा नङमा रहने कोरोनाका भाइरस सहजै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।

२. बिना कारण आफ्नो अनुहार, नाक, मुख वा आखाँ छोइरहने स्वभाव भएका मानिसले यो आचरण त्याग्नु पर्दछ । यसले संक्रमणको जोखिम उच्च पार्दछ ।

३. मुखमा हात लगाइरहने बानी पनि कोरोना सर्ने कारण बन्न सक्छ । त्यसैले सेचत बन्नुहोस् । जुनसुकै बेलामा मुखमा हात नहाल्नुहोस् । मुखमा हात लगाउनुअघि साबुनपानीले मज्जाले धुनुहोस् ।

४. जथाभावी जिउ कन्याउने, छुने वा कपाल चलाइरहने र मुख तर्फ लानेमा पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम रहन्छ । जसका कारण जति नै स्वच्छताको ख्याल राखेपनि यहि आचरणबाट पनि कोरोनाको संक्रमण हुनसक्छ ।

५. चुइगम चपाउने बानी भएका कतिपय मानिसमा बीचमा केहि खानु परे चपाउदै गरेको चुइगम कागज वा केहिमा बाहिर निकालेर राख्ने बानि हुन्छ । यसमा पनि कोरोनाको जोखिम उच्च रहन्छ । हेल्थलाइनबाट

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ