विश्वमा कोरोनाको कहर : १९९ देशमा संक्रमण, २४ हजारबढीको मृत्यु « Khabarhub

विश्वमा कोरोनाको कहर : १९९ देशमा संक्रमण, २४ हजारबढीको मृत्यु


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ ।

कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् ।

संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् ।

अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो ।

चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।

उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

त्यसपछि इटालीमा धेरै संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ ।

६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ ।

फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ४८ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ