कोरोना कहरः कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण छापा प्रकाशन स्थगन « Khabarhub

कोरोना कहरः कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण छापा प्रकाशन स्थगन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गरेको छ।

विशेष प्रकाशकीय लेख्दै कान्तिपुर पब्लिकेसन्सले ‘कान्तिपुर’ र ‘द काठमाडौं पोष्ट’ दैनिकका साथै नेपाल, नारी र साप्ताहिकको प्रकाशन स्थगन गरेको जनाएको छ।

कान्तिपुरले अवस्था सामान्य हुने बित्तिकै पत्रपत्रिका प्रकाशन पूर्ववत् सञ्चालन हुने जनाएको छ।

विशेष प्रकाशकीयमा भनिएको छ, ‘सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं।’

कान्तिपुरले आफ्नो यो निर्णयलाई कठोर निर्णयको संज्ञा दिएको छ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान- यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं।,’ विशेष सम्पादकीयमा भनिएको छ।

 

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ३७ बजे

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित