कोरोना कहरः कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण छापा प्रकाशन स्थगन | Khabarhub Khabarhub

कोरोना कहरः कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण छापा प्रकाशन स्थगन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गरेको छ।

विशेष प्रकाशकीय लेख्दै कान्तिपुर पब्लिकेसन्सले ‘कान्तिपुर’ र ‘द काठमाडौं पोष्ट’ दैनिकका साथै नेपाल, नारी र साप्ताहिकको प्रकाशन स्थगन गरेको जनाएको छ।

कान्तिपुरले अवस्था सामान्य हुने बित्तिकै पत्रपत्रिका प्रकाशन पूर्ववत् सञ्चालन हुने जनाएको छ।

विशेष प्रकाशकीयमा भनिएको छ, ‘सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं।’

कान्तिपुरले आफ्नो यो निर्णयलाई कठोर निर्णयको संज्ञा दिएको छ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान- यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं।,’ विशेष सम्पादकीयमा भनिएको छ।

 

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ३७ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन