मुस्ताङबाट १२१ जना विदेशी पर्यटक काठमाडौं पठाइए | Khabarhub Khabarhub

मुस्ताङबाट १२१ जना विदेशी पर्यटक काठमाडौं पठाइए


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्ताङ- कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन कार्यान्वयन गरेपछि हिमालपारिको जिल्ला मुस्ताङमा रोकिएका विभिन्न मुलुकका १२१ जना पर्यटकहरूको उद्धार गरिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका ती पर्यटकहरूलाई उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

तीन दिनमा ती पर्यटकहरूलाई काठमाडौं पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

ती पर्यटकहरू अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत, युक्रेन, न्युजिल्याण्ड लगायतका मुलुकका थिए । उनीहरूलाई बसमार्फत पोखरा हुँदै काठमाडौ पठाइएको हो । मुस्ताङमा रहेका अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

अर्यालले भने, ‘कोरोना संक्रमणको सतर्कताका लागि म्याग्दी हुँदै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ । मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदुतावाससँगको समन्वयमा उनीहरूलाई उद्धार गरी पठाएका हौँ ।’

यहाँबाट पठाएका पर्यटकहरूलाई पर्यटन बोर्डले सम्बन्धित राजदूतावासको समन्वयमा उनीहरू कै मुलुकमा फिर्ताको लागि समन्वय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ४१ बजे

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान