फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै « Khabarhub

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।

“आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने”, पत्रमा भनिएको छ, “वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने”, भनिएको छ ।

कामपाको गत चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख निकासा गरिसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ०५ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र