नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै अमेरिका « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै अमेरिका


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपालमाा रहेका आफ्ना नागरिक स्वदेश फर्काउन नेपाल सरकारसँग औपचारिक प्रक्रिया शुरु गरेको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना नागरिक स्वदेश फर्काउनका लागि आवश्यक प्रक्रिया थालिएको जनाएको हो ।

नेपाल सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने अनुमति दिएको खण्डमा उनीहरुको उडान विकल्पबारे ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक स्वदेश फर्काउने प्रक्रिया अघि बढाएको हो ।

आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्यतालिका सहित अरु विवरण उपलब्ध नभएको र उपलब्ध हुनेबित्तिकै सार्वजिनिक गरिने राजदूतावासको भनाइ छ ।

नेपालबाट स्वदेश फर्कन चाहने अमेरिकी नागरिकहरुलाई यस्तो अवस्थामा धैर्य गर्न समेत दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया