नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै अमेरिका « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै अमेरिका


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपालमाा रहेका आफ्ना नागरिक स्वदेश फर्काउन नेपाल सरकारसँग औपचारिक प्रक्रिया शुरु गरेको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना नागरिक स्वदेश फर्काउनका लागि आवश्यक प्रक्रिया थालिएको जनाएको हो ।

नेपाल सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने अनुमति दिएको खण्डमा उनीहरुको उडान विकल्पबारे ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक स्वदेश फर्काउने प्रक्रिया अघि बढाएको हो ।

आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्यतालिका सहित अरु विवरण उपलब्ध नभएको र उपलब्ध हुनेबित्तिकै सार्वजिनिक गरिने राजदूतावासको भनाइ छ ।

नेपालबाट स्वदेश फर्कन चाहने अमेरिकी नागरिकहरुलाई यस्तो अवस्थामा धैर्य गर्न समेत दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ११ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड