आफ्ना नागरिक लैजान जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौंमा | Khabarhub Khabarhub

आफ्ना नागरिक लैजान जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौंमा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजनाका लागि जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौं आइपुगेको छ ।

नेपालमा रहेका जर्मनसहित अन्य युरोपेली मुलुकका नागरिक लैजना उक्त चाटर्ड विमान काठमाडौं आएको हो ।

तीन सय विदेशी नागरिकलाई उक्त विमानले स्वदेश लैजाने छ । जसमा जर्मन र फ्रान्सका नागरिकहरु रहेका छन् ।

लकडाउनका कारण नेपालमा रोकिएका जर्मनसहितका नागरिक लैजान विमान नेपाल आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार (आज) र भोलि ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी ति देशले गरेका छन् ।

यस विहीवार(हिजो) पोखराबाट जर्मनी नागरिकलाई काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४६ बजे

कमेडीमा ‘भिखारी’ चरित्र फापेका कैलाश : एकल आमाको हाँसो फर्काउँदा दंग

काठमाडौं – एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने

काठमाडौं– नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

काठमाडौं– सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन