सुर्खेतमै उत्पादन हुन थाल्यो स्वास्थ्यकर्मीले लगाउने पीपीई « Khabarhub

सुर्खेतमै उत्पादन हुन थाल्यो स्वास्थ्यकर्मीले लगाउने पीपीई


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्नगर– कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन् ।

पीपीईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना आशङ्कित बिरामीसँग संसर्ग गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई औषधि दिएर मात्र पठाउने गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काठमाडौँमा हालसम्म उपलब्ध नभएको र विदेशबाट आउन समय लाग्ने भएकाले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको हो ।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरु गरेको गार्मेन्ट सञ्चालकले जनाएका छन् । मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी तत्काललाई २ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चा पदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ ।

‘हालसम्म २०० थान तयार गरिसकेका छौँ, प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गर्दैछौँ,’ सञ्चालक खड्काले भने । नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् ।

प्रदेश अस्पतालका चिकित्सक डा केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित सङ्क्रमण जाँच गरिरहेको बताए । यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घको सहकार्यमा तयार गरिएका केही थान पीपीई बबई नाकामा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो ।

पीपीईअन्तर्गत गाउनका साथै पञ्जा, मास्क, प्रोटेक्टिभ हेडसेटलगायतका सामग्री स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक मानिन्छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ३१ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका