चैत मसान्तसम्म बीमाको प्रिमियम नउठाउन निर्देशन « Khabarhub

चैत मसान्तसम्म बीमाको प्रिमियम नउठाउन निर्देशन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउन सर्कुलर जारी गरेको छ । समितिले सर्कुलर जारी गरेसँगै बीमा कम्पनीहरुले बीमा शुल्क नउठाउने भएका हुन् ।

विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न आग्र गर्दै समितिले बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन पनि कम्पनीहरुलाई निर्देशन दिएको हो।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दावी भुक्तानी गर्नपनि समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ।

लकडाउनपछि कम्पनीहरुको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ। कम्पनीहरुले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन्।

अधिकांश कम्पनीहरुले सूचनामा ४/५ जना सम्पर्क अधिकृत तोकेका छन्। उनीहरुलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरुले जनाएका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष