प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड « Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

बिहीवार रातिबाट महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रवार विहान अस्पताल पुगेका थिए ।

ओली र प्रचण्डबीच करीब आधा घन्टा कुराकानी भएको थियो । कोरोना भाइरस संक्रमण, सरकारले गरेको लकडाउन र यो परिस्थितिमा पार्टी तथा सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतको भनाइ छ ।

मुटुको चाल गडबडी भएपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार आएको र भरे साँझ सम्ममा डिस्चार्जको सम्भावना रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई उदृत गर्र्दै प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ०५ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि