प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

बिहीवार रातिबाट महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रवार विहान अस्पताल पुगेका थिए ।

ओली र प्रचण्डबीच करीब आधा घन्टा कुराकानी भएको थियो । कोरोना भाइरस संक्रमण, सरकारले गरेको लकडाउन र यो परिस्थितिमा पार्टी तथा सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतको भनाइ छ ।

मुटुको चाल गडबडी भएपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार आएको र भरे साँझ सम्ममा डिस्चार्जको सम्भावना रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई उदृत गर्र्दै प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ०५ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै