सरकारले चाँडै विशेष राहत प्याकेज घोषणा गरोस् | Khabarhub Khabarhub

सरकारले चाँडै विशेष राहत प्याकेज घोषणा गरोस्



नेपाल सरकारले सबै राजनीतिक दल, नागरिक समाज र पेशाकर्मीहरुको सल्लाह, सुझाव र सहयोगबाट वश्वभरी फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को  महामारीबाट नेपाल भित्र रहेका आम मानिसलाई जोगाउनको लागि गरेको काम र प्रयासहरु प्रशंसनीय नै छन् । यसका लागि गर्नु पर्ने आवश्यक बाँकी कामहरु तदारुकताका साथ गर्दै जानु पर्दछ ।

कोभिड १९ को महामारीबाट आम मानिसलाई बचाउनका लागि सरकारी संयन्त्र, सांसद, स्थानीय तहका पदाधिकारीका साथै राजनीतिक दलहरु र तिनका सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्थाका नेता र कार्यकर्ता तथा नागरिक समाजहरुका सम्पूर्ण महानुभावहरुको पनि प्रशंसाका पात्र हुन् ।

नेपालको सबै संचार जगतका सम्पूर्ण प्रकाशक, व्यवस्थापक, सम्पादक र पत्रकारहरुको दिनरात गरेको महेनतपनि प्रशंशा योग्य छ ।

कोभिड १९ कोरोना भाइरसको महामारीबाट आम मानिसलाई बचाउन खटिएका सम्पूर्ण चिकित्सक, प्रयोगशालाका प्राविधिक, मेडिकल अधिकृत तथा नर्सका साथै सबै अस्पताल प्रशासनका कर्मचारीहरु र सरसफाईका कर्मचारी सबै जना धन्यवादको पात्र हुन् ।

कोभिड १९ भाइरसको महामारीबाट आम मानिसलाई बचाउन खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सबै  ओहोदाका कर्मचारीको पनि प्रशंसाका पात्र हुन् ।

संकटको यस घडीमा नेपालमा र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको धैर्य, शाहस, सहयोग र सकारात्मक सोंचको प्रशंशा गर्नुपर्छ ।

यस संकटको घडीमा एक अर्कालाई दोषारोपण गर्नुको साटो सबैले अन्तरमनबाट आफूले जानेको र सकेको सहयोग गर्नु राम्रो हुन्छ।

विश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरस महामारी बिरुद्ध आज सम्पूर्ण नेपालीहरु एकजुट भएर उभिएको छौं । यो प्रशंसनीय काम हो । यो महामारीको पूर्णरुपमा निर्मुल नभएसम्म सबै नेपालीहरुले एक अर्कालाई साथ र सहयोग गरि रहनु पर्दछ ।

विश्वभरी फैलिएको कोभिड १९ कोरोना भाईरसबाट सुरक्षित हुन ‘लकडाउन’ एक उत्तम विकल्प हो। यसको औषधि निर्माण गर्न बिश्वभरीका बैज्ञानिकहरु दिनरात प्रयासरत छन् । महामारीबाट सुरक्षित हुनको लागि ‘सेल्फ क्वारेन्टाईन’ मा ‘घरमा बस्नु’ को विकल्प पनि छैन ।

‘आफु बचौं र अरुलाई पनि बचाऔं ।’ भन्ने पवित्र भावनाले सबैले ‘लकडाउन’ को पूर्ण पालना गर्नुको साथै नेपालको कानून र नेपाल सरकारको निर्देशनहरुको पुर्ण पालना गर्दै ‘सेल्फ क्वारेन्टाईन’ मा आफू पनि ‘घरमा बस्नु’ र अरुलाई पनि ‘घरमा बस्नु’ र ‘लकडाउन’ को पूर्ण पालना गर्न साथ दिनको लागि वहाँहरुलाई सहयोग र प्रोत्साहित गर्नु राम्रो हुन्छ ।

लामो समयसम्म ‘लकडाउन’ र ‘सेल्फ क्वारेन्टाईन’ मा बस्नु पर्यो भने दैनिक ज्यालादारी र मजदुरी गरेर आफु र आफ्नो परिवार पालिरहेका मानिसहरु भोकमरीको सिकार बन्न सक्ने संभावना रहन सक्छ।

दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका ब्यक्ति र तिनका परिवारहरुलाई नेपाल सरकारले तत्काल विषेश राहत प्याकेज घोषणा गर्नु उपयुक्त हुनेछ ।

कोभिड १९ कोरोना भाइरसको महामारीलाई नियन्त्रण र निर्मूल गर्नको लागि आबश्यक क्वारेन्टाईन निर्माण, भेन्टीलेटर सहितको चिकित्सकीय सामाग्री, औषधि र यस कार्यमा लागेकाहरुको तलब, प्रोत्साहन भत्ता र पचास लाख रुपैयाँ बराबरको जीबन बिमा र बिरामीहरु लगायत अस्पतालमा काम गर्नेहरुको लागि खाद्यान्नको ब्यबस्था गराउनु राम्रो हुनेछ ।

साथै साना र ठूला ब्यवसायीहरुको साथै किसानहरुको पनि यस अबधीको कर छुट र ऋणको ब्याज मिनाहा गर्दै बैंकलाई तिर्नु पर्ने किस्ता रक़म पछि तिर्ने ब्यबस्था मिलाउनको लागि आबश्यक निर्णय तत्काल गर्दा राम्रो हुनेछ ।

यी दुबै कार्यका लागि अन्दाजी आबश्यक रकम लगभग सत्तरी अर्ब रुपैयाँ बराबरको राहत प्याकेज आबश्यक पर्ने देखिन्छ ।

नेपालमा करीब दुई करोडको संख्यामा रहेका दैनिक ज्यालादारी गर्ने, कम आय भएका ब्यक्ति, न्युन आय भएका ब्यक्ति र तिनका परिवारको साथै बालबालिकाहरु, बिरामीहरु, असक्तहरु, गर्भवति महिलाहरु, सुत्केरी महिलाहरु, बृद्धबॄद्धाहरु, एकल महिलाहरु र बेरोजगारहरुलाई दैनिक २००/- रुपैयाँको दरले एक महिना(३० दिन) मा एक ब्यक्तिको लागि छ हजार रुपैयाँ आबश्यक पर्ने देखिन्छ ।

मासिक छ हजार रुपैयाँको दरले करिब दुई करोड जनसंख्यालाई दुई महिनाको लागि आबश्यक रकम लगभग दुई खर्ब ४० अर्ब रुपैया बराबरको बिशेष राहत प्याकेज आबश्यक पर्ने देखिन्छ ।

नेपालको आर्थिक क्षमताले लगभग ३ खर्ब १० अर्बको बिशेष राहत प्याकेज तत्काल घोषणा गर्न धेरै गार्हो पर्न सक्छ र यसको संभावना पनि कम छ ।

हालको नेपालको आर्थिक क्षमतालाई आधार मान्ने हो भने यो कार्य कुनै पनि दलको सरकारको लागि अत्यन्त कठिन र लगभग असंभव जस्तै हुन्छ । यो सबैले बुझेकै सत्य हो र यो तीतो सत्यलाई कुनै राजनीतिक रंग नदिएर सबैले आत्मसात र मनन गर्नु राम्रो हुन्छ ।

हामी नेपालीहरुले पनि धैर्यवान, संयमित र मितब्ययी भएर नेपाल सरकारलाई यस महामारीको समयमा यससंग बिना अबरोध निर्भयताका साथ निरन्तर संघर्ष गर्न र यो संघर्षमा बिना क्षति वा कम क्षतिमा शीघ्र बिजयी हुनको लागि सहयोग गर्नु हामी सबैको कर्तब्य र दायित्व हो ।

अन्य देशहरुमा त्यहाका सरकारले आफ्ना नागरिकहरुको लागि विशेष राहत प्याकेजको ब्यवस्था र घोषणा गरिरहेका छन् ।

यसर्थ, दु:ख, पीडा र गरिबीमा रहेका नेपालीहरुको लागि कोभिड १९ को महामारीको यस संकटको समयमा नेपालको हालको आर्थिक क्षमताले भ्याएसम्मको विशेष राहत प्याकेजको तत्काल घोषणा नेपाल सरकारले गर्दा राम्रो हुनेछ ।

बिश्वभरी फैलिएको यस महामारीलाई नियन्त्रण र निर्मुल गर्नको लागि नेपाल सरकारले देश भित्र र बिश्वभरी संबाद, समन्वय, सहमति, सहयोग, सकारात्मक सोंच, सहकार्य र एकताको माध्यमबाट आफ्ना ठोस पाईलाहरु अगाडि बढाउदा राम्रो हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ४५ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४