कोरोनाभाइरसको संकटका बेला काबुल आक्रमण जघन्य र कायरतापूर्ण : संयुक्त राष्ट्रसंघ « Khabarhub

कोरोनाभाइरसको संकटका बेला काबुल आक्रमण जघन्य र कायरतापूर्ण : संयुक्त राष्ट्रसंघ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्तिमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई संयुक्त राष्ट्रसंघले जघन्य र कायरतापूर्ण आतंकवादी हमला संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघले कम्तिमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापूर्ण आतंकवादी हमला भएको उल्लेख गरेको छ ।

बुधबार २३ मार्चमा आइसीसले अफगानिस्तानको काबुलस्थित शीख धर्मशालामा हमला गरेको थियो । उक्त हमलाको चौतर्फी निन्दा गरिएको छ । खासगरी पूरा विश्व कोरोना भाइरसको संकटसँग जुझिरहेको अवस्थामा आइसिसले गरेको उक्त हमललाई धेरैले अमानवीय र कायरतापूर्ण बताएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो सहानुभूति र संवेदना व्यक्त गरेका छन् र घाइते भएकाहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको दोहोर्‍याएका छन्  ।

सुरक्षा परिषद्का सदस्यहरूले काबुल आक्रमणको दोषीहरु, आयोजकहरू, फाइनान्सरहरू र प्रायोजकहरूलाई न्यायको कठघरमा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । उनीहहरुले अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्को अगानिस्तान सम्वन्धित पारित प्रस्तावहरुअनुरुप अफगानिस्तान सरकार र सबै अन्य सम्बन्धित पक्षहरुलाई सक्रिय सहयोग गर्न आग्रह पनि गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले दोहोर्याएका छन् कि, कुनै पनि आतंकवादी कार्यहरू आपराधिक र अव्यावहारिक हुन्छन् । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय मानव अधिकार कानून, अन्तर्राष्ट्रिय शरणार्थी कानून र मानवीय कानून लगायतका अन्तर्रा्ष्ट्रिय कानून अन्तर्गत अन्य दायित्वहरुका अनुसार अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराविरुद्ध सबै राज्यले सबै तरिकाको लडाई लड्नु पर्ने आवश्यकतालाई समेत जोड दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ४३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र