युरोपेली देशका ३०४ नागरिक लिएर फिर्ता भयो कतार एयरवेजको वाइड बडी « Khabarhub

युरोपेली देशका ३०४ नागरिक लिएर फिर्ता भयो कतार एयरवेजको वाइड बडी


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका जर्मन, फ्रान्सेलीसहित युरोपेली देशका नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले शुक्रबार बिहान ११ः५० बजेको उडानमा जर्मन, फ्रान्सेलीसहित युरोपेली देशका नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले ३ जना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको जानकारी दिए । कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी नेपालमा रहेका अन्य युरोपेली देशका नागरिक लैजानेछ ।

बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ । युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजाने प्रक्रिया थालेका छन् । जसअन्तर्गत  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी २ उडानको अनुमति दिएको थियो ।

पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेलीसहित युरोपेली देशका नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो । बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो ।

लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ५६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको