चीनले विदेश पठाउने कोभिड–१९ परीक्षण किट नक्कली भएको खुलासा « Khabarhub

चीनले विदेश पठाउने कोभिड–१९ परीक्षण किट नक्कली भएको खुलासा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्पेन– चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने कारोना भाइरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ ।

तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्ली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएका छन् ।

चीनले दिएको किट स्पेन सरकारले बिहीबार फिर्ता गरेको बताएको छ ।

कोभिड–१९ परीक्षण गर्ने किट घरेलु उत्पानबाट बनाइएको हुन सक्ने उनीहरुको ठहर छ । स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले फिर्ता गर्न बाध्य भएको बताइएको छ ।

भाइरस परीक्षण गर्ने गलत किट भएकै करण स्पेनमा ४ हजार मानिसको मृत्यु भएको दाबी स्थानीय संचारमध्यमहरुले गरेका छन् ।

स्पेनको स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भाइरस परीक्षणका लागि ल्याएको किट काम नलाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको बताए । यद्यपि उनले कम्पनीको नाम लिन भने चाहेनन् ।

स्पेनका एक लेखक ब्रुनो म्याकसकाले चीनबाट खरिद गरेका ६ लाख ४० हजार परीक्षण किट नक्कली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत संदेश प्रवाहा गरेका छन् । केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ४० बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा