म्याग्दीका चार स्थानीय तहले गरे १ करोड ९ लाखको आपतकालीन कोष स्थापना « Khabarhub

म्याग्दीका चार स्थानीय तहले गरे १ करोड ९ लाखको आपतकालीन कोष स्थापना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका ६ स्थानीय तहहरुमध्ये चार वटाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसको जोखिम  रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका,रघुगंगा गाउँपालिका,मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका हुन् ।

बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवी प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया को कोष स्थापना गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मीक कोषमा रु ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ ।

विहिवार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोषको स्थापना गरेको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो ।

गाउँपालिकाले विश्वब्यापी महामारीको रुप लिएको कोरोना विरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ ।

८ वटै वडामा क्वारेनटाइन बनाउनको लागि आबश्यक सामाग्रि खरिद गरि तीन वटा टोली मार्फत सामान पुर्‍याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि २० लाख रुपैयाँको कोष स्थापना गरेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए ।

त्यसै धौलागिरि गाउँपालिकाले पाँच लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा विपद व्यवस्थापन कोष स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

बेनी नगरपालिकाले समस्यामा परेकाहरुको नाममा जथाभावी राहत संकलन गर्ने कार्य रोक्न र लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गरेको छ ।

राहत वितरण गर्न धेरै जना जम्मा हुँदा लकडाउनको उल्लंघन हुने भएकाले वडा कार्यालयसंगको समन्वयमा मात्र राहत व्यवस्थापन गरिने बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

कोरोनाका कारणले नगर क्षेत्रका बिरामीले एम्बुलेन्स नपाएको अवस्थामा नगरपालिकाकै गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय समेत भएको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : १० बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक