म्याग्दीका चार स्थानीय तहले गरे १ करोड ९ लाखको आपतकालीन कोष स्थापना | Khabarhub Khabarhub

म्याग्दीका चार स्थानीय तहले गरे १ करोड ९ लाखको आपतकालीन कोष स्थापना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका ६ स्थानीय तहहरुमध्ये चार वटाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसको जोखिम  रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका,रघुगंगा गाउँपालिका,मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका हुन् ।

बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवी प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया को कोष स्थापना गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मीक कोषमा रु ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ ।

विहिवार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोषको स्थापना गरेको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो ।

गाउँपालिकाले विश्वब्यापी महामारीको रुप लिएको कोरोना विरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ ।

८ वटै वडामा क्वारेनटाइन बनाउनको लागि आबश्यक सामाग्रि खरिद गरि तीन वटा टोली मार्फत सामान पुर्‍याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि २० लाख रुपैयाँको कोष स्थापना गरेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए ।

त्यसै धौलागिरि गाउँपालिकाले पाँच लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा विपद व्यवस्थापन कोष स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

बेनी नगरपालिकाले समस्यामा परेकाहरुको नाममा जथाभावी राहत संकलन गर्ने कार्य रोक्न र लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गरेको छ ।

राहत वितरण गर्न धेरै जना जम्मा हुँदा लकडाउनको उल्लंघन हुने भएकाले वडा कार्यालयसंगको समन्वयमा मात्र राहत व्यवस्थापन गरिने बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

कोरोनाका कारणले नगर क्षेत्रका बिरामीले एम्बुलेन्स नपाएको अवस्थामा नगरपालिकाकै गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय समेत भएको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : १० बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’