कोरोना भाइरसः चीनमा बिदेशीलाई प्रवेश प्रतिबन्ध « Khabarhub

कोरोना भाइरसः चीनमा बिदेशीलाई प्रवेश प्रतिबन्ध


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यसअघि नै बसोबासको अनुमति पाएकाहरुलाई पनि शनिवारबाट चीन प्रवेशमा रोक लगाइएको हो ।

चीनमा तीन दिनयता भएको कोरोना भाइरस संक्रमित अधिकांश बिदेशबाट आएकाहरुमा पाइएपछि अस्थायी रुपमा सबै विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाइएको हो ।

बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए।

कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा पुनः प्रतिबन्ध लगाउने निर्णय हुनुले महामारी अन्त्यतिर गइसकेको घोषणामा चुनौती थपिएको छ ।

पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएको पाँचौं कारोनो संक्रमित व्यक्ति भेटिएको छ ।

कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको सरकारी तथ्याँकले देखाउँछ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको हो ।

चिनियाँ जनताहरु वुहान जस्तै फेरि कारोना संक्रमण बढ्न सक्ने भन्दै त्रसित देखिएपछि चिनियाँ अधिकारीहरुले विदेशीलाई अस्थायी प्रतिबन्धको घोषणा गरेका हुन् ।

चीनको विदेश मन्त्रालयले ‘कोभिड-१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ।

उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालक दलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुने बीबीसीले जनाएको छ।

चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकि सकेको र विभिन्न शहरहरूमा अवतरणमा रोक लगाइ सकिएको सन्दर्भमा पछिल्लो निर्णय औपचारिकतामा मात्र सीमित हुनेछ ।

कोरोना भाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामा भन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा कम छ ।

पछिल्ला पटक सार्वजनिक भएका विवरण अनुसार चीनमा भन्दा अमेरिकामा संक्रमित हुने मानिसको संख्या ४२ सय भन्दा बढी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : ४८ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको