१ सय २१ जनाको उद्दार गरिए पनि ६८ पर्यटक मुस्ताङमै छुटे « Khabarhub

१ सय २१ जनाको उद्दार गरिए पनि ६८ पर्यटक मुस्ताङमै छुटे


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङ पुगेका पर्यटकहरुमध्ये विभिन्न मुलुकका ६८ जना पर्यटकहरु अझै मुस्ताङमा नै अलपत्र परेका छन् ।

देश लकडाउन हुनुपूर्व राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ पुगेका पर्यटकहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै उनीहरु अलपत्र परेका हुन् ।

मुस्ताङ प्रशासनले तीन दिनको अवधिमा मुस्ताङमा रहेका १ सय २१ जना विदेशी पर्यटकहरुलाई हिजो (चैत १३ गते) मात्रै उद्धार गरेर काठमाण्डौ पठाएको थियो ।

१ सय २१ जनाको उद्धार गरेर काठमाण्डौं पठाए पनि अझै ६८ जना भने मुस्ताङमा नै रहेका मुस्ताङका पत्रकार निरज थकालीले खबरहबलाई जानकारी दिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमाल पारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका बाँकी रहेका ६८ जना पर्यटकहरुलाई अर्को सूचना नआउनेबेलासम्म मुस्ताङमा नै राखिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत, युक्रेन, न्युजील्याण्ड लगायतका मुलुकका पर्यटकहरुलाई बस मार्फत पोखरा हुँदै काठमाण्डौ पठाइएको थियो ।

मुस्ताङमा रहेका अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

‘‘कोरोनाको सतर्कतासंगै म्याग्दी हुँदै मुस्ताङ भित्रने सडकमा पूर्ण रुपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही नै अल्पत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूताबाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरि पठाएका हौँ ‘, प्रजिअ अर्यालले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : ५६ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक