बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् ।

बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा आफूलाई कोरोना भाइरसको सामान्य लक्षण देखा परेको र स्वास्थय सल्लाहकारको सल्लाहअनुसार परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले अहिले आफू आइसोलेसनमा बसिरहेको समेत जनाएका छन् । उनले बेलायतमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागिपरेका चिकित्सक, सुरक्षाकर्मी तथा सबै बेलायतीहरुलाई धन्यवाद समेत दिएका छन् ।

आफूमा कोरोना भाइरस पोजेटिभ देखिए पनि यसविरुद्ध जारी अभियानको नेतृत्व गर्न आफू दृढ रहेको उनले बताएका छन् ।

केही दिन अघिमात्रै बेलायती युवराज चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ५७८ जनाको मृत्यु भइसकेको छ भने अरु ११ हजार ८ सय १६ जना यसबाट संक्रमित छन् ।

बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या उकालो लाग्दै गएको छ । बिहीबारमात्र कोरोना भाइरसका कारण बेलायतमा एकै दिन ११३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : २७ बजे

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू