कोरोना भाइरसको संक्रमणबाट जोगिन एल आकारमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगिन एल आकारमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल आकारमा बसेर गफगाफ गर्ने तथा काम गर्दा कोरोना भाइरसको जोखिमबाट जोगिन मद्दत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस थुकको माध्यमबाट छिटो सर्ने भएकाले एल आकारमा बस्दा छिटा नपर्ने मन्त्रालयको ठहर छ ।
मन्त्रालयले शुक्रबार कोरोना भाइरसका विषयमा गरेको भिडियो कन्फेरन्समा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले एल आकारमा बस्न र कम्तिमा एक मिटरको दूरीमा रहन आग्रह गरेका हुन् ।

‘सबै दाजुभाई तथा दिदिबहिनीहरुलाई मेरो अनुरोध के छ भने कम्तिमा पनि एक मिटरको डिस्टेन्समा बसेर बजारमा जादा पनि सामानहरु किन्दा पनि हरेकले एक मिटरको डिस्टेन्समा बसेर मात्र सामानहरु खरिद गरौं,’ कार्कीले भने, ‘एकअर्काको आम्नेसाम्ने हुने गरी गफ नगरौं, कम्तिमा एल आकारमा बसेर गफ गरियो भने हामी धेरै भन्दा धेरै कोरोना सर्नबाट जोगिन्छौं ।’
रुघाखोकी लागेको छ भने मास्क प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ४६ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल