विभिन्न स्थानबाट उद्धार गरिएका ३०७ जना विदेशी पर्यटक स्वदेश फर्किए  « Khabarhub

विभिन्न स्थानबाट उद्धार गरिएका ३०७ जना विदेशी पर्यटक स्वदेश फर्किए 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै, कामदारको रुपमा रहेका तर काम रोकिएर अलपत्र परेका नेपाली नागरिकहरुलाई आआफ्नो गृह जिल्ला पु¥याउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको पनि गृहमन्त्रालयले जनाएको छ ।

हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भइसकेको मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरुमा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न  गृहले निर्देशन दिएको छ ।

गृहमन्त्रालयले विदेशबाट नेपालमा आएर यातायात आवागमन रोकिएको कारण देशका विभिन्न स्थानहरुमा अलपत्र परेका पर्यटहकरुलाई हवाई वा स्थल सवारी साधनहरुबाट उद्धार गर्ने काम भइरहेको जनाएको छ ।

मुस्ताङ, कास्की, सोलुखुम्बु लगायतका विभिन्न जिल्लाहरुमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारी साधनहरु मार्फत उद्धार गरी ल्याउने काम भइरहेको गृहले जनाएको छ ।

काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि प्रयास भएको पनि गृहले जनाएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल नुवाकोट जिल्लाको ओखरपौवामा देखिएको समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाका प्रमुख समेतको उपस्थितिमा छलफल भएको जनाइएको छ ।

बिहीबारै सुरक्षा निकायका प्रमुखहरुसँग पनि बैठक भएको छ । मालबाहक सवारी साधनको आवागमनमा उत्पन्न द्विविधा अन्त्य आवश्यक उपाय अवलम्बन गरेको गृहमन्त्रालयले जनाएको छ । औषधी, खाद्यवस्तु, पानी, दुध, फलफुल, तरकारी, पशुपक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने साधनलाई सुचारु गर्ने त र यात्रु ओसारपसार गर्न नपाउने गरी मिलाउने निर्देशन दिएको गृहमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

कुनै गुनासो, सल्लाह एवं सुझाव भए टोल फ्रि नम्बर ११४९ मा सम्पर्क गर्न पनि गृहमन्त्रलयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ०६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक