करीव २० घण्टापछि प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए | Khabarhub Khabarhub

करीव २० घण्टापछि प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि विहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली करिव २० घण्टापछि वालुवाटार फर्किएका हुन् ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर