करीव २० घण्टापछि प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए « Khabarhub

करीव २० घण्टापछि प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि विहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली करिव २० घण्टापछि वालुवाटार फर्किएका हुन् ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ५२ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा