कोरोना भाइरसको जोखिम रोक्न सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमाक्षेत्र « Khabarhub

कोरोना भाइरसको जोखिम रोक्न सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमाक्षेत्र


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ ।

भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ पिकेट र पाँच मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताए ।

“सीमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ । नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ“, सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भने ।

नेपाल भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनविना सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्लाके बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीको सूचना शाखाले जनाएको छ ।

जिल्लाका सरकारी अस्पताल र आइसोलेशन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले बताएको छ । सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको रुपन्देहीका निकायहरुले सीमाक्षेत्र, बजार, आन्तरिक सुरक्षा र अस्पतालको सुरक्षा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : १४ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ