तनहुँमा कुमाल र कुसुमे टोलका स्थानीयबीच झडप, ८ जना घाइते « Khabarhub

तनहुँमा कुमाल र कुसुमे टोलका स्थानीयबीच झडप, ८ जना घाइते


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका स्थानीयबीच आज झगडा हुँदा आठ जना घाइते भएका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका आठ जना घाइते भएका हुन् ।

कुसुमे टोलका व्यक्तिहरुले कुटपिट गर्दा कुमाल टोलका ६५ वर्षीय वुद्धिबहादुर कुमालसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

कुमालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको अभियोगमा प्रहरीले कुसुमे टोलका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

“फुटबल खेल्ने क्रममा विवाद भएपछि मास्दी टोलका स्थानीयले कुमाल टोलका स्थानीयलाई कुटपिट गरेका रहेछन्”, प्रनाउ लामिछानेले भने, “पछि कुमाल टोल नै उर्लिएर मध्यमासफाँट टोलका व्यक्तिहरुलाई लखेटेका रहेछन् ।”

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४९ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी