अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल « Khabarhub

अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकन आइडलको शीर्ष १० को छनोटका लागि नेपाली युवा गायक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  ‘अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ । हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।’

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०४ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा