उत्तर कोरियाली शासक किम जीवितै रहेको अमेरिका र कोरियाका गुप्तचरको दावी « Khabarhub

उत्तर कोरियाली शासक किम जीवितै रहेको अमेरिका र कोरियाका गुप्तचरको दावी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको मृत्यु भएका समाचारहरु एकाएक भाइरल भइरहेदा अमेरिका र दक्षिण कोरियाका गुप्तचर संस्थाहरुले उनी जीवितै रहेको दावी गरेका छन् ।

मुटुमा समस्या देखिएपछि किमको शल्यक्रिया गरिएको र उनको मृत्यु भएको भन्दै आइतबारदेखि समाचार भाइरल भइरहदा अमेरिका र कोरियाका गुप्तचर संस्थाले उनी जीवितै रहेको जनाएका हुन् ।

वासिङटन पोष्टले तीन सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अमेरिकी तथा दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार उनी अझै जिवित नै रहेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८ – नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ ।

गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा दावी गरिएको छ ।

उत्तर कोरियामा पछिल्लो समय भएका विविध समारोहमा किमको उपस्थिती नभएकाले पनि किमको मृत्यु भएको आशंका गरिएको थियो ।

किम अप्रिल १५ मा उनको हजुरबाको जन्म जयन्ती तथा शनिवार त्यहाँको सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत अनुपस्थित थिए ।

उनको उपचारका लागि भन्दै चिनियाँ बरिष्ठ चिकित्सकहरुको टोली समेत त्यहाँ गएको दावीसहित रोयटर्सले समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ०८ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले