उत्तर कोरियाली शासक किम जीवितै रहेको अमेरिका र कोरियाका गुप्तचरको दावी « Khabarhub

उत्तर कोरियाली शासक किम जीवितै रहेको अमेरिका र कोरियाका गुप्तचरको दावी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको मृत्यु भएका समाचारहरु एकाएक भाइरल भइरहेदा अमेरिका र दक्षिण कोरियाका गुप्तचर संस्थाहरुले उनी जीवितै रहेको दावी गरेका छन् ।

मुटुमा समस्या देखिएपछि किमको शल्यक्रिया गरिएको र उनको मृत्यु भएको भन्दै आइतबारदेखि समाचार भाइरल भइरहदा अमेरिका र कोरियाका गुप्तचर संस्थाले उनी जीवितै रहेको जनाएका हुन् ।

वासिङटन पोष्टले तीन सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अमेरिकी तथा दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार उनी अझै जिवित नै रहेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८ – नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ ।

गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा दावी गरिएको छ ।

उत्तर कोरियामा पछिल्लो समय भएका विविध समारोहमा किमको उपस्थिती नभएकाले पनि किमको मृत्यु भएको आशंका गरिएको थियो ।

किम अप्रिल १५ मा उनको हजुरबाको जन्म जयन्ती तथा शनिवार त्यहाँको सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत अनुपस्थित थिए ।

उनको उपचारका लागि भन्दै चिनियाँ बरिष्ठ चिकित्सकहरुको टोली समेत त्यहाँ गएको दावीसहित रोयटर्सले समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ०८ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज