कोरोना कहर : विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो, उतै फर्काइने « Khabarhub

कोरोना कहर : विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो, उतै फर्काइने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी कडाइ गरेकाे छ।

आज विहान विराटनगरमा आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएपछि यात्रु अलपत्र परेका छन् । सात वटा बस करिव १६० यात्रु काठमाडौंका आए पनि प्रहरीले उनीहरुलाई नागढुंगा नाकामा रोकेको हो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडानउका समयमा बाहिरबाट यात्रु काठमाडौं आउन नदिने निर्णय स्वरुप बसहरु रोकिएको जानकारी दिए ।

उनले विराटनगरबाट आएका यात्रुलाई काठमाडौं छिर्न नदिने र विराटनगर नै फर्काउने बताएका छन् ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंबासीलाई पठाएको जानकारी दिए ।

उनले सबै यात्रुको स्वास्थ्य जाँच गरी समन्वय गरेर नै पठाएको बताएका छन् ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ४५ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र