कोरोना भाइरसले ल्याउला समकालीन आर्थिक प्रणालीमा परिवर्तन ? | Khabarhub Khabarhub

कोरोना भाइरसले ल्याउला समकालीन आर्थिक प्रणालीमा परिवर्तन ?


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक महिना अघि मलेशियाको राजधानी क्वालालम्पुर नजिकैको घरबाट कोरोना भाइरसका कारण विश्व वित्तीय बजार र अर्थतन्त्रमा परेको संकटका विषयमा काम गरिरहेका बेला बगैँचाको एउटा ताडको बोट काटियो ।

करिब ३० वर्षअघि त्यसबेलाका घरधनीले रोपेका ५० फुटसम्म अग्ला दुई रूखमध्ये एउटा काटिएको थियो । त्यो रूखका जरा त्यहाँको माटोलाई नै जित्ने गरी बढेका थिए ।

विश्वभर कोरोना भाइरसको महामारी चलिरहेका कारण गत बुधबार विश्वले अनलाइनबाटै ५०औँ पृथ्वी दिवस मनायो । अहिले विश्वभर कोरोना भाइरसको महामारी बढेसँगै यसले विश्व अर्थतन्त्रमा प्रभाव पारिरहेको छ ।

महामारीले दशौँ लाख मानिसको रोजगारी खोसेसँगै उत्पादन क्षेत्रको आपूर्ति शृंखला र वस्तु तथा सेवाको माग कसरी संकटमा पार्दैछ भन्ने विषयमा धेरै छलफल भइसकेका छन् । तर, आर्थिक गतिविधिले कसरी महामारी फैलिन सहयोग ग¥यो भन्नेबारे तुलनात्मकरूपमा कममात्रै बहस भएको छ ।

तीब्र गतिमा पर्यावरणीय लक्ष्मणरेखातर्फ (लिमिट्स अफ द इन्भारोमेन्ट) लम्किरहेको विश्वको अर्थव्यवस्थाका लागि काटिएको रूख एउटा मानक हुनसक्छ ।

हरेक आर्थिक संकटका बेला धेरैले अहिले हामीले बुझ्दै आएको पुँजीवादी अर्थव्यवस्था समाप्त हुने अनुमान लगाउने गरेका छन् ।

पछिल्लो कालखण्डमा धेरै अर्थशास्त्री एवं वैज्ञानिकहरू पृथ्वीको स्रोतले धान्नेभन्दा ज्यादा वस्तु एवं सेवा उत्पादन हुँदै आएकाले अर्थतन्त्र एवं आर्थिक वृद्धि मापन गर्ने हाम्रो वर्तमान पद्धतिमा नै खोट रहेको बताउन थालेका छन् ।

यी अर्थशास्त्री एवं वैज्ञानिकहरूले वर्षौंदेखि पृथ्वीको उक्त पर्यावरणीय सीमा नाघेका खण्डमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका थिए ।

यसकै परिणामस्वरूप व्यावसायिक स्वार्थका कारण मानव सभ्यतालाई कोरोना भाइरस र यस्तै जीवाणु बोक्ने जंगली जनावरको संसर्ग आउन बाध्य पार्ने र यही कारण विश्वमा महामारी अझ नियमित र अझ भयावह बन्ने उनीहरूको तर्क रहने गर्छ ।

वर्तमान समयमा विश्वभर स्वीकार गरिएको सिद्धान्तअनुसार कोरोना भाइरस गत वर्षको अन्त्यतिर चीनको वुहान शहरस्थित एउटा वन्यजन्तु बजारबाट सुरु भएको हो ।

यस्ता प्रकोपबारे चेतावनी दिने शोधकर्ता एवं वैज्ञानिकहरूलाई मूलधारको अर्थशास्त्रले समेट्दैन । आर्थिक स्वास्थ्य मापन गर्ने सूचक कुल गार्हस्थ उत्पादन अर्थात् मुलुकभित्र उत्पादित वस्तु तथा सेवाको योगमा आधारित अहिलेको अर्थशास्त्रले यसैको वृद्धिमा जोड दिन्छ ।

आर्थिक विकासको अवधारणाले पछिल्लो ७० वर्षयता अर्बौं मानिसहरूलाई गरिबीबाट माथि उठाएकोमा कुनै शंका छैन ।

यसका कमजोरीहरू पनि बाहिर छताछुल्ल हुन थालेका छन् । शोधकर्ताहरूले ‘आर्थिक वृद्धि सदाका लागि निरन्तर जारी रहिरहन्छ’ भन्ने समकालीन अर्थतन्त्रको सबैभन्दा आधारभूत धारणामाथि नै प्रश्न उठाउन थालेका छन्

‘अरू संकटहरू आउँदैछन् ।’ राजनीतिक नेता, अर्थशास्त्री र वैज्ञानिकको ‘द क्लब अफ रोम’ ले गत महिना सार्वजनिक गरेको विज्ञप्तिमा यसो भनिएको थियो ।

‘हामीले हरेक संकटलाई यही अर्थतन्त्रको मोडलअनुसार सम्बोधन गर्ने प्रयास गर्दा भविष्यमा यस्ता संकटको समाधान सरकार, वित्तीय संस्थान र कर्पोरेटहरूको क्षमताबाहिर जान सक्छ । कोरोना संकट यसको उदाहरण हो ।’

अर्थतन्त्रको सूचक मानिने कुल गार्हस्थ उत्पादनको वृद्धिमा एउटा समस्या छ– यसले उत्पादनको वातावरणमा परेको प्रभावको हिसाब राख्दैन । केही अर्थशास्त्रीहरूले प्राकृतिक वातावरणले प्रदान गरेका सेवाको हिसाब गर्दै आएका छन् ।

वायुमण्डलबाट कार्बन डाइअक्साइड सोसेर विश्वव्यापी तापक्रम वृद्धि रोक्न मद्दत गर्ने बोटबिरुवा, उचित व्यवस्थापन भन्दा पनि सित्तैमा नदीमा फोहोर फालेर कुनै कम्पनीले गरेको बचत, भूक्षय जोगाउन रूखको भूमिका जस्ता विषयलाई अर्थशास्त्रको सूचकांकले समेट्दैनन् ।
यस्ता प्राकृतिक सेवाको मूल्य नपत्याउँदो छ ।

विश्व वन्यजन्तु कोषका अध्यक्ष एवं अर्थशास्त्री पवन सुखदेवले सन् २००८ मा शोधपत्र प्रकाशित गर्दै प्रकृतिबाट हरेक वर्ष विश्व अर्थतन्त्रमा २० खर्ब देखि ४५ खर्ब अमेरिकी डलर बराबरको सेवा प्राप्त हुँदै आएको अनुमान गरेका थिए ।

यो सन् २०१८ मा विश्वकै कुल गार्हस्थ उत्पादनको दुईदेखि पाँच प्रतिशत हुन आउँछ ।

कुल गार्हस्थ उत्पादन मापन गर्दा प्रकृतिबाट प्राप्त यस्ता सेवाको पनि हिसाब राख्नुपर्ने पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका केहीले बताउने गरेका छन् । यसको विपरीत कृषिकर्मका लागि जंगल फँडानी वा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि गरिएको खर्चजस्ता गतिविधिको भने कुल गार्हस्थ उत्पादन मापन गर्दा हिसाब राखिने गरेको छ ।

यसले तीव्र आर्थिक वृद्धि चाहने नीति निर्माताहरूलाई पर्यावरणको ख्यालै नगरी औद्योगिक विकास गर्न बाटो खुला गरिदिन्छ ।
र, यस्ता केही नीतिका कारण हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको छ ।

पछिल्ला केही वर्षयता सामाजिक असमानता ऐतिहासिक स्तरमा पुग्न लागेको र यही कारण राजनीतिक ध्रुवीकरण पनि तीव्र बन्न पुगेको अर्थशास्त्रीहरूको बुझाइ छ ।

सन् २००८ मा प्रकाशित प्रतिवेदनमा जलवायु एवं जैविक विविधताकी प्राध्यापक केट जोन्सले आफ्नो प्रतिवेदनले ‘मानवको विकास र जनसंख्यामा आउने परिवर्तनका कारण रोगहरू उत्पन्न हुने एवं रोगहरू मानव आर्थिक विकासको नदेखिने खर्च हुन् भन्ने यसअघिका सिद्धान्तलाई समर्थन गर्ने’ जनाएकी थिइन् ।

आजका दिनमा यस्ता चेतावनीलाई कसैले वास्ता गरेको पाइँदैन । केन्द्रीय बैंकले अर्थतन्त्रमा खर्बौं डलर खन्याउँदा पनि आगामी आर्थिक मन्दीबाट जोगिने हो होइन भन्ने अनुमान गर्न व्यस्त रहनेहरूका कारण यस्ता चेतावनी कसैको कानमा पर्दैनन् ।

अर्थशास्त्रीहरू कुल गार्हस्थ उत्पादनको विकल्पलाई गम्भीरतापूर्वक लिनुपर्ने विषयमा सकारात्मक देखिन थालेका छन् । ती अर्थशास्त्रीहरूको मतमा यसका कारण पर्यावरणमा मात्रै नभई सामाजिक असमानतामा पनि नकारात्मक प्रभाव परिरहेको छ ।

पछिल्ला केही वर्षयता सामाजिक असमानता ऐतिहासिक स्तरमा पुग्न लागेको र यही कारण राजनीतिक ध्रुवीकरण पनि तीव्र बन्न पुगेको अर्थशास्त्रीहरूको बुझाइ छ ।

त्यसोभए कुल गार्हस्थ उत्पादनको विकल्प के त ?

कुल गार्हस्थ उत्पादनजस्ता अरू केही सूचकांकहरू वर्षौंदेखि प्रयोमा पनि आइरहेका छन् । उदाहरणका लागि– अमेरिकाको इन्स्टिच्युट फर इन्नोभेसन इन सोसल पोलिसीले सुरु गरेको सामाजिक स्वास्थ्यको सूचकांक । यो सूचकांक सन् ७० को दशकयता सन् २०११ सम्म प्रकाशित हुँदै आएको थियो । यसमा शिशु मृत्युदर, बालबालिकामाथि दुव्र्यवहार, बेरोजगारी तथा स्वास्थ्य बीमालगायतका क्षेत्र समेटिन्थ्यो ।

पछिल्लोपटक संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (युनेप) ले सन् २०१२ मा इन्क्लुसिभ वेल्थ इन्डेक्स सुरु ग¥यो । यसले तीन क्षेत्र समेटेको छ– उत्पादित पुँजी, मानव पुँजी र प्राकृतिक पुँजी ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेका कदमका कारण विश्व गहिरो मन्दीतर्फ धकेलिँदैछ । विश्व अर्थतन्त्रमा प्रश्न खडा भइरहेका बेला भाइरसले हामीलाई हाम्रो सामूहिक सम्पत्तिको मापन गर्ने शैलीमा स्थायी परिवर्तन ल्याउन बाध्य पारिरहेको हुनसक्छ ।

पछिल्लो द्विवर्षीय प्रतिवेदनमा युनेपले जनाएअनुसार सन् १९९० र सन् २०१४ का बीच विश्वमा कुल गार्हस्थ उत्पादन ३.४ प्रतिशतले बढे पनि इन्क्लुसिभ वेल्थ इन्डेक्स भने १.८ प्रतिशतले मात्र बढेको छ । जसमा उत्पादित एवं मानव पुँजीमा मात्र वृद्धि देखिएको छ । प्राकृतिक पुँजी भने खस्किएको छ ।

अक्सफर्ड विश्वविद्यालयको वातावरण परिवर्तन प्रतिष्ठानकी अर्थशास्त्री केट रवर्थले कुल गार्हस्थ उत्पादनमा वृद्धि बाहिरको दुनियाँलाई धेरै राम्ररी अथ्र्याएकी छिन् ।

आफ्नो पुस्तक ‘डुनट इकोनोमिक्स : सेभेन वेज टु थिंक लाइक अ २१ सेन्चुरी इकोनोमिस्ट’ मा रवर्थले निजी, सार्वजनिक एवं सहकारी क्षेत्रको मिश्रणसहित नयाँ अर्थतन्त्रको मोडेल अघि सारेकी छन् । उनको अर्थतन्त्र मोडलमा स्वास्थ्य, शिक्षा र सामाजिक समानतालाई केन्द्रमा राखिएको छ र पर्यावरणलाई पनि ध्यान दिइएको छ ।

‘एक्काइसौं शताब्दीका अर्थशास्त्रीहरू, खासगरी उच्च आय भएको मुलुकका अर्थशास्त्रीसमक्ष उनीहरूका अग्रजहरूले सामना नगरेको चुनौती छ : वृद्धिलाई ध्यान नदिई हामी सबैलाई फाइदा पुग्ने अर्थतन्त्रको निर्माण गर्ने,’ रेवर्थ लेख्छिन् ।

धेरैका लागि यो फगत आदर्शमात्र हुनसक्छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेका कदमका कारण विश्व गहिरो मन्दीतर्फ धकेलिँदैछ । विश्व अर्थतन्त्रमा प्रश्न खडा भइरहेका बेला भाइरसले हामीलाई हाम्रो सामूहिक सम्पत्तिको मापन गर्ने शैलीमा स्थायी परिवर्तन ल्याउन बाध्य पारिरहेको हुनसक्छ ।

(अल जजिराका एसियाली व्यापारिक सम्पादक सुक्रीको यो लेख अलजजिराको अनलाइन संस्करणबाट हिमाल कोइरालाले अनुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ३५ बजे

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका