सांसद अपहरण प्रकरणमा कांग्रेस नेता कोइरालाको टिप्पणी 'अजबको सरकार गजबको कानुन' | Khabarhub Khabarhub

सांसद अपहरण प्रकरणमा कांग्रेस नेता कोइरालाको टिप्पणी ‘अजबको सरकार गजबको कानुन’


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वराज्यमन्त्री समेत रहेका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी नलिएकोमा आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले सरकारको विरोध गरेकोमा पूर्वसचिवलाई थुनामा राख्ने तर सांसदले अपहरित भए भन्दै जाहेरी दिन खोज्दा नलिएकोप्रति टिप्पणी गर्दै भनेका छन्, ‘अजबको सरकार गजबको कानुन’ जनताले कसलाई विश्वास गर्ने ?

सरकारले नै आफूलाई अपहरण गरेको भन्दै पूर्वस्वास्थ्यमन्त्री यादव  जनता समाजवादी पार्टीका नेतासहित आइतबार काठमाडौं प्रहरी परिसर टेकु पुगेका थिए ।

सो क्रममा प्रहरीले घटनास्थल काठमाडौं नभएको भन्दै जाहेरी लिन नमानेपछि त्यसको चर्को आलोचना भइरहँदा कांग्रेस नेता कोइरालाले पनि फेसबुकमार्फत सरकारलाई कटाक्ष गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ४३ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको