१०७ बर्षीया स्पेनकी बृद्धा जसले कोरोनालाई परास्त गरिन् « Khabarhub

१०७ बर्षीया स्पेनकी बृद्धा जसले कोरोनालाई परास्त गरिन्


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकापछि कोरोना भाइरसका सबै भन्दाबढी संक्रमित देखिएको स्पेनकी १०७ वर्षीया बृद्धाले कोरोना भाइरसलाई परास्त गरेकी छन् ।

यसअघि उनी पाँच बर्षकी छदा स्पेनिस फ्लूको संक्रमणले समेत गाँजेको थियो । त्यसबेला स्पेनिस फ्लूलाई जितेकी १०७ वर्षीया बृद्धा एना डे वेलेले अहिले कोरोना भाइरसलाई पनि परास्त गर्दै ठीक भएकी छन् ।

सन् १९१८ जनवरी देखि १९२० डिसेम्बरसम्म फैलिएको स्पेनिस फ्लूको महामारीबाट जोगिएकी उनी कोरोना भाइरस संक्रमणबाट स्वस्थ हुने  स्पेनकै सबैभन्दा धेरै उमेरको बृद्धा हुन् ।

स्पेनिस फ्लूलाई परास्त गरेको १ सय २ बर्षपछि कोरोना भाइरसको संक्रमण देखिएको एना अहिले संक्रमण मुक्त भएर पाकुई सान्चेज अस्पतालबाट घर फर्किएकी छन् । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : २६ बजे

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,