आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य « Khabarhub

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम नेपाल भेट भएको छ ।

आइतबार ९२ वर्षको उमेरमा उनको मुम्बईमा निधन भयो ।

आशा र नेपाली कला क्षेत्रको सम्बन्ध ६ दशकभन्दा पुरानो हो । सन् १९६६ मा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’को गीत ‘प्राणभन्दा प्यारो माइतीघर’मा उनको स्वर छ ।

उनी पाश्र्व गायन र युगल गायनबाट नेपालसँग जोडिएका हुन् ।

उनी ६ दशकअघि नै पहिलो पटक नेपाल आएको संगीत क्षेत्रका पाका व्यक्तिहरू सुनाउँछन् ।

तर, सांगीतिक प्रस्तुति दिनका लागि भने उनी ०७६ सालमा आएकी थिइन् ।

‘म्युजिक जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रमका लागि उनी नेपाल आएकी थिइन् ।

रञ्जितसँगकै सम्बन्ध र सम्पर्कबाट उनी नेपाली कला क्षेत्रसँग जोडिएको सुनिन्छ ।

आशाले गजमेरबारे त्यस बेला भनेकी थिइन्, ‘उसलाई म कान्छा भनेर बोलाउँछु । गजमेर वा त्यो यो जान्दिनँ । कान्छाले बलाएर म नेपाल आएकी हुँ ।’

खैर, दर्जनौं कालजयी गीत गाएका आशाको नेपालमा फ्यान फलोइङ राम्रो छ । उनलाई हेर्न र प्रत्यक्ष सुन्न फ्यान जाने भइहाले ।

साँझ सात बजे राजधानीको एक होटलमा उनी प्रस्तुति दिन मञ्चमा उक्लिइन् । गडगडाहट ताली बज्यो ।

त्यसपछि आशाले व्यङ्ग्य गर्दै भनिन्, ‘अहिले म ८६–८७ वर्षमा हिँडिरहेकी छु । काठमाडौंको एयरपोर्टमा झर्ने बेला म सोच्दै थिएँ– ‘नेपालले मलाई किन यति चाँडो बोलाएको होला ? दुई–तीन वर्ष ढिला गरेको भए त मलाई बोलाउन माथि नै आउनुपथ्र्यो ।’

आफ्नो ढल्किएको उमेरलाई मृत्युसँग जोडेर आफ्नै मजाक गरिन् । हल हाँसोले गुञ्जियो ।

त्यसको ७ वर्षपछि आशाले भौतिक शरीर त्यागिन् ।

त्यस बेला नबोलाएको भए ?

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ३ : ०० बजे

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय