कोरोना भाइरस संक्रमणको कति जोखिममा छन् बालबालिका ? | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको कति जोखिममा छन् बालबालिका ?


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम रुपमा दाबी गरिन्छ छ कि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित उमेर समूह भनेको ६० वर्षभन्दा माथी हो । अर्थात् ज्येष्ठ नागरिकहरुमा कोरोना संक्रमण सर्ने सम्भावना अन्य व्यक्तिको तुलनामा कम हुन्छ ।

कोरोना संक्रमणको दर र संक्रमणबाट हुने मृत्युको दरलाई विश्लेषण गर्दै कतिपय ‘विज्ञ’ले बालबालिकामा कोरोना संक्रमण दर एकदमै न्यून पाइएको पनि बताएका छन् । कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण पौडेल पनि अन्य उमेर समूहका व्यक्तिको तुलनामा विश्वव्यापी रुपमा नै बालबालिकामा कोरोना संक्रमणको दर न्यून रहेको बताउँछन् ।

तर, बालबालिकालाई कोरोना नै सर्दैन भनेर ढुक्क हुन नहुने उनी बताउँछन् ।

नेपालमा पनि १ जना बालकमा कोरोना संक्रमण देखिएको छ । नेपालमा १४ वर्षका १ बालकामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर, उनमा कोरोना भाइरसको संक्रमणबाट देखिने कुनै पनि लक्षण देखिएका छैनन् ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४ वषीर्या बालकमा लक्षण विनानै कोरोना संक्रमण पुष्टि भएको पौडेलले बताए ।

डा पौडेलका अनुसार विभिन्न अध्ययनहरुले बालिका भन्दा बालकमा कोरोना संक्रमणको जोखिम उच्च हुने देखाएको छ । यस्तै एकवर्षभन्दा मुनिका बालबालिकामा कोरोना संक्रमणको जोखिम उच्च हुने गर्छ ।

कान्ति बाल अस्पतालमा बालबालिकाको लागि कोरोनाको उपचार गर्ने व्यवस्था गरिएको डा पौडेलले बताए । कान्ति बाल अस्पताललाई कोरोना विशेष हब अस्पतालको रुपमा नलिएको भए पनि अस्पतालले स्याटेलाइट अस्पतालको रुपमा कोरोना आंशंका गरिएका बालबालिकालाई आइसोलेसनमा राख्ने गरेको डा पौडेलका भनाइ छ ।

त्यसका लागि अस्पतालले डाक्टर तथा नर्सको विभिन्न कमिटी समेत बनाएको छ । अस्पतालले ज्वरो र श्वासप्रश्वासका बिरामीका लागि छुट्टै स्थानमा जाँचको व्यवस्थापन गरेको डा पौडेलले बताए । कान्ति बाल अस्पतालमा ज्वरो र श्वासप्रश्वासका समस्याका १६ जना बालबालिकाको थ्रोड स्वाब संकलन गरी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको डा पौडेलले बताए ।

अस्पतालले नियमित खोपका कार्यक्रम शुचारु अवस्थामा राखेको डा पौडेलले जानकारी दिए । यस्तै अस्पतालमा क्यान्सर रोगको उपचार पनि नियमित चलिरहेको डा पौडेलको भनाइ छ ।

डा पौडेलले अभिभावकहरुले आफ्ना बालकालिकालाई उपचारका लागि ल्याउँदा अस्पतालमा सामाजिक दुरी कायम गर्न आग्रह गरिएको पनि बताए । उनले स्तनपान गराउनुपर्ने उमेर समूहका बालकालिकालाई नियमित रुपमा आमाको दूध खुवाउन अभिभावकहरुलाई आग्रह गरे ।

डा पौडेलले स्कुल जाने बालकालिकाहरु घरमै रहँदा उनीहरुलाई उमेर अनुसार कोरोनाबारे सचेतना दिने र रचनात्मक काममा लगाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ४८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी