ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ ।

खाद्यान्न बोकेर खादिम्बेतर्फ जाँदै गरेकोे प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर जिल्लाको श्रीजंगा गाउँपालिका–२ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका घर ट्याक्टर चालक २२ वर्षीय निर्मल लामिछाने छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक स्थानीय १९ वर्षीय रुद्र पौडेल घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ३७ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज