ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु « Khabarhub

ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ ।

खाद्यान्न बोकेर खादिम्बेतर्फ जाँदै गरेकोे प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर जिल्लाको श्रीजंगा गाउँपालिका–२ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका घर ट्याक्टर चालक २२ वर्षीय निर्मल लामिछाने छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक स्थानीय १९ वर्षीय रुद्र पौडेल घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ३७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार