कोरोना संक्रमणको शंका लागे स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सरकारको आग्रह « Khabarhub

कोरोना संक्रमणको शंका लागे स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सरकारको आग्रह


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) २ जना नर्ससँग सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले केन्द्रीय कारागारमा खटिएका नर्समा आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका कारण उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरिएको जानकारी दिए ।

डा पोखरेलका अनुसार ती २ जना नर्सको सम्पर्कमा रहेका ५६ जनालाई कन्ट्रयाक ट्रेसिङमार्फत पहिचान गरी कोरोना परीक्षण गर्न लागेको हो ।

ती २ जना नर्ससँग सम्पर्कमा रहेका व्यक्ति छुटेको भए मन्त्रालयको टोल फ्री नम्बरमार्फत सम्पर्क गर्न पनि डा पोखरेलले आग्रह गरेका छन् ।

केही दिन अगाडी केन्द्रीय कारागारका २ जना नर्सको आरडीटीका क्रममा एन्टिबडी पोजेटिभ देखिएको थियो । तर, पीसीआर विधिबाट गरीएको परीक्षणका क्रममा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर पोखरेलले कोरोना भाइरसका संक्रमितको उपचार तथा रोकथामका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले विशेष ध्यान दिएर काम गर्नुपर्ने पनि बताए ।

कोरोन संक्रमित बिरामीको उपचारमा आइसोलेसनमा खटिएपछि आफूलाई कोरोना लागेको शंका लागेमा कोरोना परीक्षण गराउन पनि उनले स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

डा पोखरेलले फ्रन्टलाइनमा खटिएर कोरोनाका उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद पनि दिए । डा पोखरेलले हाल देशभरलाई पुग्ने स्वास्थ्य सामाग्री भएकाले चिन्ता नलिइ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ०३ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित