कोरोना संक्रमणको शंका लागे स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सरकारको आग्रह | Khabarhub Khabarhub

कोरोना संक्रमणको शंका लागे स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सरकारको आग्रह


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) २ जना नर्ससँग सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले केन्द्रीय कारागारमा खटिएका नर्समा आरडीटी परीक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएका कारण उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षणको तयारी गरिएको जानकारी दिए ।

डा पोखरेलका अनुसार ती २ जना नर्सको सम्पर्कमा रहेका ५६ जनालाई कन्ट्रयाक ट्रेसिङमार्फत पहिचान गरी कोरोना परीक्षण गर्न लागेको हो ।

ती २ जना नर्ससँग सम्पर्कमा रहेका व्यक्ति छुटेको भए मन्त्रालयको टोल फ्री नम्बरमार्फत सम्पर्क गर्न पनि डा पोखरेलले आग्रह गरेका छन् ।

केही दिन अगाडी केन्द्रीय कारागारका २ जना नर्सको आरडीटीका क्रममा एन्टिबडी पोजेटिभ देखिएको थियो । तर, पीसीआर विधिबाट गरीएको परीक्षणका क्रममा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर पोखरेलले कोरोना भाइरसका संक्रमितको उपचार तथा रोकथामका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले विशेष ध्यान दिएर काम गर्नुपर्ने पनि बताए ।

कोरोन संक्रमित बिरामीको उपचारमा आइसोलेसनमा खटिएपछि आफूलाई कोरोना लागेको शंका लागेमा कोरोना परीक्षण गराउन पनि उनले स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

डा पोखरेलले फ्रन्टलाइनमा खटिएर कोरोनाका उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद पनि दिए । डा पोखरेलले हाल देशभरलाई पुग्ने स्वास्थ्य सामाग्री भएकाले चिन्ता नलिइ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ०३ बजे

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

गण्डकी– पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन