आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ « Khabarhub

आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मध्यपुर– आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ मध्यपुर ठिमी नगरपालिका-९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका २३ वर्षीय युवक छन् ।

आफ्नै बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

पक्राउ परेका युवाविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : २८ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ