ओली र नेपाल समूहको निष्कर्ष– स्थायी कमिटीको बैठकबारे सचिवालयले निर्णय गर्ने « Khabarhub

ओली र नेपाल समूहको निष्कर्ष– स्थायी कमिटीको बैठकबारे सचिवालयले निर्णय गर्ने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

सोमबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा दुई समूहका नेताबीच भएको छलफलमा मंगलबार पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

पछिल्लो विवादको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गरिएपनि सोमबार नेपाल निवासमा भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति जुटेको हो ।

स्थायी कमिटी बैठक बोलाउने विषयमा सचिवालय बैठकले नै निर्णय गर्ने गरी सहमति भएको माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

ओली र नेपालबीचको छलफलपछि नेपालको कोटेश्वरस्थित निवासमा छलफल शुरु भएको थियो ।

नेपाल निवासमा भएको छलफलमा ओली समूहबाट उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपाल आफैं, स्थायी कमिटी सदस्य भीम रावल, रघुजी पन्त लगायत सहभागी थिए ।

अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।

तर, प्रधानमन्त्री ओलीको ‘निर्देशन’मा साबिकको समाजवादी पार्टी फुटाउनका लागि पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं पुर्‍याएको विषयलाई लिएर नेकपामा विवाद बढेको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।

प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटी बैठक बोलाउन चाहँदैनन् । ओली बाहेक अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ०५ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले