सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला « Khabarhub

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खुम्बु– सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।

मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार एक मृगको विना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ । पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । करीब १० दिनअघि ती मृग मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

मृगलाई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ । लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । चोरी शिकारमा संलग्नको खोजी जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताए ।

अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिए पनि सगरमाथा निकुञ्जमा हालसम्म सो कार्य भएको छैन । विसं २०३२ मा स्थापित सो निकुञ्ज एक हजार १४८ वर्ग किमीमा फैलिएको छ । सगरमाथासमेत यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्वका साथ हेर्ने गरिएको छ । यही निकुञ्ज आसपास ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा छन् ।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे कागलगायत १९३ प्रजातिका चरा पाइने बताइए पनि यसको संख्या र अवस्थाबारे हालसम्म औपचारिक रुपमा सार्वजानिक नगराइएको स्थानीयवासीको भनाइ छ । बारम्बार चोरी शिकारी बढ्दै गएको घटनाप्रति वडाध्यक्ष अधिकारीले समेत चासो व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले निकुञ्जको आवश्यकताका विषयमा समेत प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : २६ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले