लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको नियन्त्रणमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ९७ महिला सहित १३ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिनभरमा उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनकाअनुसार ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी ३ सय ४० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ९३, ललितपुरमा २ सय ७४ र भक्तपुरमा ६० जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको उनले बताए । लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ५७ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज