रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता | Khabarhub Khabarhub

रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ।

सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रसारण भएको डा. भट्टराईसँगको अन्तरसंवाद कार्यक्रमको  हटाएको हो ।

समचार प्रमुख डा. नवराज लम्सालले भट्टराईसँग कुराकानी गरेका थिए। जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेको भाषा र विचारसँग असन्तुष्ट रहेको भन्दै अन्तर्वार्ता हटाइएको जनाइएको छ ।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताएका छन्।

सोमबार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोमा आवश्यक सम्पादन गर्न नसकिएकोमा क्षमाप्रार्थी चाहन्छौं ।’

अब उप्रान्त अतिथि चयनमा गम्भीर सचेत रहने समेन विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : १८ बजे

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी