तनहुँमा जीप दुर्घटना हुँदा एकको मृत्यु, छ घाइते | Khabarhub Khabarhub

तनहुँमा जीप दुर्घटना हुँदा एकको मृत्यु, छ घाइते


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा आज साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा छ जना घाइते भएका छन् ।

नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पोखरेलको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा नवलपुर बैदिककालिका गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार छन् ।

६ महिनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ५८ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको

पर्यटकीय गन्तव्य टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा

ताप्लेजुङ– समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको

लाहाखेतीबाट मनग्य आम्दानी 

मोरङ– झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौरादहमा २०७५ सालदेखि पाँच

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।