हावाहुरीले ढालेको रूखले लाग्दा मकवानपुरमा दुई जनाको मृत्यु « Khabarhub

हावाहुरीले ढालेको रूखले लाग्दा मकवानपुरमा दुई जनाको मृत्यु


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हावाहुरीले रूख ढलेर लाग्दा मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हुरीवतापछि रूख ढलेर लाग्दा घाइते भएका तीन जनालाई उपचारका लागि चितवन लगिएको छ ।

त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ ।

हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ ।

हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढालेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : २८ बजे

पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुचारु

काठमाडौँ- पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ- काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ

आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते

काठमाडौँ- पोखरामा आफैँलाई आगो लगाउन खोज्दा दुई जना घाइते भएका

सात जना केन्द्रिय सदस्यद्वारा क्यानका पदाधिकारीको राजीनामा माग

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको राजीनामा माग गरिएको छ

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौँ- रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्